macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

‘मोटुल’  लुब्रिकेन्ट्सलाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड ‘मोटुल’ लाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्रीरवितरण गर्ने भएको छ ।

लामो समयदेखि नेपाली बजारमा उपलब्ध रहँदै आएको ‘मोटुल’ लाई अबदेखि आधिकारिक रूपमा बिक्रीरवितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रूपमा नियुक्त गरेको हो ।

आधिकारिक बिक्रेताता नियुक्त भएसँगै आईएमई ग्रुपले मोटुल को बजारलाई देशभर विस्तार गर्ने जनाएको छ ।

आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त पुरानिकका अनुसार गुणस्तरीय र उच्च प्रविधियुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरूप ‘मोटुल’ सँग सहकार्य गरिएको हो ।

‘मोटुलजस्तो विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्डसँग जोडिएर व्यवसाय गर्न पाउँदा हामी एकदमै उत्साही बनेका छौँ ।

साथै यो ब्रान्डको बजार नेपालभर विस्तार गरेर ग्राहकलाई गुणस्तरीय लुब्रिकेन्ट्स उपलब्ध गराउन प्रतिबद्धसमेत छौँ’, उहाँले भन्नुभयो ।

एक सय ७० वर्ष पुरानो फ्रेन्च ब्रान्ड ुमोटुलु विशेषतः ‘हाई पर्फमेन्स’ इन्जिन आयलको उत्पादनमा अग्रणी रहँदै आएको छ ।

दुई पाङ्ग्रेदेखि ‘हेभी ड्युटी’ व्यावसायिक गाडीसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न ुरेन्जु का प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सबै ुरेन्जु नेपाली बजारमा उपलब्ध हुने आईएमई ग्रुपको भनाइ छ ।

himalayan life insurance
igi long
NTA long ad