macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजदेखि, ओलीले झुलाघाटबाट उद्घाटन गर्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आजदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने भएको छ । तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियानको सुरुआत एमालेले आज गर्दै छ । बिहान ८ः३० बजे झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने एमालेले जनाएको छ ।

राष्ट्रिय एकताको आधार निर्माण गर्न अभियान चलाउनु परेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उनको भनाइ छ । “निराशाको खेती मौलाइरहेको छ । भइरहेका कामको उजागर गरेर राम्रो सन्देश दिने उद्देश्य छ,” उनले भनेका छन् ।

himalayan life insurance
igi long
NTA long ad