citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

अमेरिका–चीनः सम्बन्ध सुधारको संकेत

kumari bank
Prabhu Insurance Long Ad
global bank

अमेरिका र चीन लामो समय अवरुद्ध उच्चस्तरीय सैन्य सम्वाद पुनः सुरु गर्न सहमत भएका छन् । राष्ट्रपति जो बाइडेन र सी चिनफिङको विशेष भेटवार्तामा सहकार्यका लागि सम्बन्ध सुधारको पक्षमा खास प्रगति भएको दुबै पक्षको दाबी छ ।

अमेरिकाको सनफ्रान्सिस्को नजिक भएको भेटवार्ता महिनौदेखिको द्वन्द्व कमगर्न सफल भएको ह्वाइटहाउसका अधिकारीहरुको भनाइ छ ।

भेटवार्तामा इजरायल युक्रेन द्वन्द्व, जलवायु परिवर्तन, लागू औषध ओसारपसार नियन्त्रणजस्ता विषयमा पनि सहकार्य गर्न दुबै देश सहमत भएको बताइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय मामिलामा फरक अडान राख्दै आएका अमेरिका र चीनका राष्ट्रपतिबीचको घण्टौ लामो प्रत्यक्ष सम्वादले विश्व राजनीति तरङ्गित भएको छ ।

gold
himalayan life insurance long ad