न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
मोहम्मद शामीको घातक बलिङ र दुई शतकको सहयोगमा भारतले २०११ पछि फाइनलमा स्थान बनाएको हो । यसअघि भारतले १९८३, २००३ र २०११ मा एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको थियो ।
भारतले दिएको ३ सय ९८ रनको फराकिलो लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८।५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । यस क्रममा न्युजिल्यान्डका ड्यारी मिचेलले सर्वाधिक १ सय ३४ रनको शतकीय इनिङ खेले ।
त्यस्तै कप्तान केन विलियमसनले ६९ रन बनाउँदा डेभन कनवे र रचिन रविन्द्रले समान १३(१३ रन बनाए । ग्लेन फ्लिप्स ४१ रनमा आउट भए ।
न्युजिल्यान्डका मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन बनाएपनी टोलीलाई जिताउन भने सकेनन् ।
भारतको जितमा मोहम्मद शामीले ७ विकेट लिए । उनी प्लेयर अफ द म्याच घोषित समेत भए । त्यस्तै जसप्रित बुमराह, मोहमद सिराज र कुलदीप यादवले समान १(१ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ४ विकेटको क्षतिमा ३९७ बनाएको थियो ।
भारतका लागि विराट कोहलीले ११७ रनको योगदान दिँदा श्रेयश लयरले १०५ रन बनाए । त्यस्तै रोहित शर्माले ४७ र सूर्यकुमार यादवले १ रन बनाएर पेभेलियन फर्किए ।
खुट्टामा समस्या आएपछि रिटार्यड हर्ट भएर खेल मैदान बाहिर गएका शुभम गिल अन्तिम ओभरमा पुन क्रिज आइ अविजित ८० रनको योगदान दिए भने केएल राहुल ३९ रनमा अविजित रहे ।
विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकिय इनिङ खेलेका थिए । विराटको यो ओडिआइ करिअरको ५० औं शतक हो भने, उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् ।
विराटले सचिन तेन्दुलकरको ४९औं शतकको कीर्तिमान तोडेका छन् । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।