आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४३ पैसा र बिक्री दर १६६ रुपैयाँ १८ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४४ रुपैयाँ २० पैसा र बिक्री दर १४४ रुपैयाँ ८५पैसा रहेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।