stcnepal long ad
himalayan life insurance long ad

प्यालेस्टाइनको लडाकु समूह हमासले बन्धक बनाएकामध्ये थप दुई जना रिहा

Nimb long ad
Prabhu Insurance Long Ad

प्यालेस्टाइनको विद्रोही लडाकु समूह हमासले थप दुई जना बन्धकलाई रिहा गरेको छ । हमासले इजिप्ट र कतारको मध्यस्थतामा नुरिट कुपर र योचेभ लिफसिट्ज नाम गरेका दुई जना व्यक्तिको रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसै महिनाको ७ तारिखमा हमासले अप्रत्यासित रुपमा इजरायलमा आक्रमण गर्दै दुई सय २० जनाभन्दा धेरैलाई अपहरण गरेको थियो । यसअघि दुई जना रिहा भएकोमा हिजो थप दुई जना रिहा भएका हुन् ।

कतारले आफ्नो मध्यस्थतामा थप ५० जना बन्धक रिहा गर्न हमास तयार भएको उल्लेख गरेको छ । तर हमासले युद्धविराम र गाजामा थप सहायता पठाउने ग्यारेन्टी भएमा मात्रै थप बन्धकहरूलाई रिहा गर्ने अडान लिएको छ । तर इजरायलले भने गाजा ध्वस्त पारिने त्यसको लागि हतियारले सुसज्जित सेना तयारी अवस्थामा रहेको जनाएको छ ।

इजरायलले गाजाको ५० प्रतिशत क्षेत्र ध्वस्त बनाइसकेको छ । हमासको आक्रमणबाट इजरायलमा १४ सय जनाको ज्यान गएको छ भने इजरायलले गाजामा गरेको जवाफी कारबाहीमा ५ हजार जनाभन्दा धेरै प्यालेस्टाइनी मारिएका छन् । हिजो एकैदिन इजरायलको आक्रमणबाट गाजामा ४ सय ३६ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।