stcnepal long ad
global ime bank long

गाजा क्षेत्रमा सबै आपूर्ती बन्द गर्न इजरायली रक्षामन्त्रीको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

इजरायलका रक्षामन्त्रीले गाँजा क्षेत्रलाई सम्पूर्ण रुपमा नियन्त्रण लिन आफ्ना सेनालाई निर्देशन दिनुभएको छ ।

गाँजा क्षेत्रबाट विद्रोही हमास समूहले शुरु गरेको आक्रमणको प्रतिकारमा लगातार रकेट हमला गरिरहेको इजरायलले गाजा क्षेत्रमा आपूर्ती भइरहेको खानेकुरा, पानी, इन्धन र विदयुत लगायत सबै सेवा बन्द गर्न पनि आदेश दिएको छ ।

हमास विद्रोहीको आक्रमणले आफ्ना देशमा सयौं मानिसहरुको अनाहकमा ज्यान गएको भन्दै इजरायली सरकारले हमास विरुद्ध कठोर नीति लिने जनाएको हो ।

आक्रमणमा परेर हालसम्ममा इजरायलमा ७ सय जनाको मृत्यू भएको समाचार छ । हमास समूहले एउटा साङ्गितिक कार्यक्रममा सहभागी भएका २६० जनाको आम हत्या पनि गरेका छन् ।

यसैबीचमा प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्र सङ्घको मानवीय निकाय ओ सी एच एले ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका पनि जनाएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायले यो सङ्ख्या अझै बढ्ने बताएको छ ।

यसैबीचमा कतारले हमास र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला ९युद्धवन्दी० को रिहाइ गरिएमा हमासद्वारा कक्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको बताइएको छ ।

इजरायलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको छ ।

IME Lifesidebar
kumari