stcnepal long ad
himalayan Everest Insurance long ad

विश्वकै स्वच्छ हावा भएको सहर, जहाँको जनसंख्या मात्र १५०

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

प्रदूषणरहित सहर कसलाई मन नपर्ला र ? तर, बढ्दो जनसंख्या, अव्यवस्थित विकास निर्माण र बसोबासले विश्वका अधिकांश मुलुक प्रदूषित छन्।

स्वच्छ हावा पाउनै मुस्किल छ। तर, नआतिनुस् १ हाम्रै पृथ्वीमा यस्तो सहर छ जुन सहरलाई विश्वकै स्वच्छ हावा भएको सहर भनिन्छ।

आर्कटिक महासागर छेउमा नर्वेका स–साना टापुहरू छन्। यसै टापु रहेको स्भाल्बारस्थित स्पिट्स्बर्गनको ब्रोगर्हाल्भोया प्रायःद्वीप संसारकै सबैभन्दा स्वच्छ हावा भएको सहर हो।

यो सहरको अझै रोचक विषय त के छ भने यहाँको जनसंख्या ४५ देखि १५० मात्रै हो। जाडो याममा ४५ र गर्मीयाममा १५० भन्दा बढी यहाँ बस्दैनन्।

सहरको छेउमा ५५६ मिटर अग्लो जेपेलिन्फेलेट पर्वत छ। यसले सहरलाई अझै सुन्दर बनाएको छ। यसलाई संसारको सबैभन्दा उत्तरमा रहेको मानवको स्थायी बसोबास भएको ठाउँ पनि भनिन्छ। यो उत्तरी धु्रवबाट करिब १ हजार २३१ किलोमिटर पर छ।

सहरको एकातिर पर्वत छन् भने अर्कोतिर फियोर्ड वा जमिनको भित्री भू–भागसम्म पसेको सागर छ। मानव गतिविधि नहुने आर्कटिक महासागर क्षेत्रको यो वातावरण प्रदूषणका स्रोतभन्दा निकै पर छ।

यहाँ बसोबास गर्ने मानिस भनेका अधिकांश यही कारणले अनुसन्धान गर्न पुग्ने वैज्ञानिकहरू हुन्। सन् १९८९ मा त्यहाँ जेपेलिन्फेलेट पर्वत क्षेत्रको ४७२ मिटर उचाइ भएको ठाउँमा प्रदूषण नाप्ने स्टेसन बनाइएको थियो।

अचेल जेपेलिन अब्जर्भेटरी भनिने उक्त स्टेसन जलवायु परिवर्तनका कारक हरितगृह ग्यासका स्तर नाप्ने महत्वपूर्ण अनुसन्धान निकाय भएको छ।

तर, बिस्तारै यहाँ पनि वायुको गुणस्तरमा परिवर्तन भएको छनक पाइएको छ। बेलाबखत युरोप तथा उत्तर अमेरिकाबाट बगेर आउने हावाले यहाँ पनि प्रदूषण ल्याउँछ।

‘जेपेलिन अब्जर्भेटरी प्रदूषणका स्रोतभन्दा निकै टाढा छ,’ अब्जर्भेटरी तथा नर्वेजियन इन्स्टिच््यूट फर एअर रिसर्चका वरिष्ठ वैज्ञानिक ओभ हर्मान्सनले भने, ‘यदि तपाईंले यहाँ प्रदूषण भेट्नुभयो भने त्यो विश्वव्यापी भइसकेको बुझ्नुपर्छ। बदलिँदो वातावरणको अनुसन्धान गर्ने यो राम्रो थलो हो।’

संसारका अन्य भागबाट प्रदूषणका कण आएर बेलाबेला यहाँको हावापानीमा मिसिए पनि यो क्षेत्र अझै पनि मानव क्रियाकलापका कारण वातावरणमा फैलिने धेरै प्रदूषणबाट जोगिएको छ।

सन् २०२० मा पनि अनुसन्धानकर्ताहरूले अस्ट्रेलियाको दक्षिणमा दक्षिणी सागरको माथि अति नै सफा हावा भेट्टाएका थिए। तर, यो ठाउँ भने एउटा त्यस्तो दुर्लभ किसिमको ठाउँ हो जहाँ मानिस पुग्न र बस्न सक्छन्। हुन त त्यहाँको पहुँच विशेषगरी अनुसन्धान गर्ने वैज्ञानिकहरूमा सीमित पारिएर पनि हुन सक्छ।

अनौठो कुरा के हो भने यो ठाउँ पहिला यति स्वच्छ थिएन। एक अनुसन्धानका अनुसार सन् १९१६ र १९६२ को बीचमा यो ठाउँमा कोइलाखानी थियो। तर, त्यहाँ भएको एक दुर्घटनामा २१ जना मजदुरको ज्यान गएपछि सहर खाली गराइयो र खानी बन्द भयो।

अचेल यहाँबाट कोइला होइन तथ्यांक उत्खनन हुन्छ। यहाँका बासिन्दा फ्रान्स, जर्मनी, ब्रिटेन, इटली, नर्वे, जापान, दक्षिण कोरिया र चीन आदि देशबाट आएका अनुसन्धानकर्ताहरू हुन्।

३१ भदौ २०८०, आइतवार ०६:३७ बजे प्रकाशित

NTA long ad