citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अन्य पालिकाभन्दा फरक प्रकृतिका काम गरी आफ्नो छुट्टै पहिचान बनाउँदैललितपुर महानगरपालिका

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । ललितपुर महानगरपालिकाले अन्य पालिकाभन्दा फरक प्रकृतिका काम गरी आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। महानगरपालिका प्रमुख चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएदेखि नै महानगरभित्र कतिपय काम अन्य पालिकाभन्दा फरक रूपमा सञ्चालन हुँदै आएका छन्।

महानगरपालिका प्रमुख महर्जनले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट पहिलो पटक महानगरको प्रमुख पदमा निर्वाचित भएसँगै व्यवस्थित सहर निर्माण गर्ने अभियान सञ्चालन गरेको र अहिले त्यसको परिणाम देखिन थालेको बताउनुभयो।

अहिलेसम्म सञ्चालनमा ल्याएको आधा दर्जनजति काम अन्य पालिकाका लागि पनि अनुकरणीय भएको दाबी महानगरपालिकाको छ। घाइते भएका र अव्यवस्थित रूपमा रहेका पशुलाई व्यवस्थित गर्न र घाइते जनावरको उद्धार गर्न भेटेरिनरी एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ।

महानगरले जनावरको अधिकार क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था स्नेहाज केयरलाई भेटेरिनरी एम्बुलेन्स हस्तान्तरण गरी सञ्चालन भइरहेको छ। ललितपुर महानगरले ४० लाख रुपियाँमा उक्त एम्बुलेन्स खरिद गरेको थियो।

उहाँले भन्नुभयो, “हरेक एक किलोमिटरको दुरीमा स्मार्ट शौचालय बनाउने कार्यलाई महानगरपालिकाले प्राथमिकता दिएको छ।

अहिलेसम्म ११ वटा वडामा शौचालय निर्माण गरिसकिएको छ। अब क्रमिक रूपमा २९ वटै वडामा स्मार्ट शौचालय निर्माण गर्ने नीति महानगरपालिकाको छ।”

स्मार्ट शौचालयमा स्वचालित उपकरणबाट साबुन र पानी आउने व्यवस्था गरिएको छ। महिलाका लागि अत्यावश्यक प्याड र प्रयोग गरिसकेका प्याड व्यवस्थापन गर्ने मेसिन, हात सुकाउने मेसिन, प्रशस्त पानीसहितको सुविधा व्यवस्था गरिएको छ।

त्यस्तै महानगरपालिकाले स्काई लिफ्टिङ तथा बिरुवाको हाँगा काट्न ‘ट्रिमिङ’ सञ्चालनमा ल्याएको छ। स्मार्ट सडक बत्ती सरसफाइ गर्न र नयाँ जडान गर्न, अव्यवस्थित तार काट्न, होर्डिङ बोर्ड निकाल्नका लागि ‘ट्रिमिङ’ प्रयोग भइरहेको नगर प्रमुख महर्जनले बताउनुभयो। महानगरले यसअघि बिरुवामा पानी हाल्न विशेष किसिमको पानी ट्याङ्कर सञ्चालनमा ल्याएको छ।

उहाँले कुसुन्तीस्थित चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकासे पुल निर्माण क्रममा रहेको र यो कार्य पनि नयाँ भएको बताउनुभयो।

त्यहाँ शौचालयसहितको अत्याधुनिक पुल निर्माण गर्ने तयारी गरिएको छ। त्यस्तै महानगरपालिकाले चक्रपथभित्र ६६९ वटा सडक बत्ती जडान गरिसकेको छ भने चक्रपथबाहिर एक हजार चार सय सडक बत्ती जडान गर्ने क्रममा रहेको छ।

बागमती पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मङ्गलबजार, लगनखेलसम्म, पुल्चोक महानगरपालिका कार्यालयबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्म सडक बत्ती जडान भइसकेको छ।

उहाँले भन्नुभयो, “महानगर क्षेत्रमा दिउँसो छिर्दा सफा, हरियाली र रातमा छिर्दा दिनमा जस्तै उज्यालो छ।” महानगरपालिकाभित्रका घर घरमा नम्बर राख्ने कार्य प्रारम्भ भएको।

अबको छ महिनाभित्र व्यवस्थित (इन्टेनिज) ट्राफिक लाइट राख्ने कार्य सम्पन्न गर्ने योजना महानगरपालिकाले बनाएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

himalayan life insurance
igi long