citizens life insurance long ad
stcnepal long ad

ईसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा ट्र्याङ्ग्लोबाट पनि सुरु भएको छ। स्थापना भएको तीन बर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको इसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको हो ।

यस सम्झौतासंगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले ट्र्याङ्ग्लोको वेबसाईट, मोबाईल एप वा सिधै ट्र्याङ्ग्लोका शाखाहरूमा गएर १५० भन्दा बढी देशहरु बाट रेमिट्यान्स पठाउन सक्ने छन्।

साथै ट्र्याङ्ग्लोबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्स्फरका १३ हजार ८ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ।

सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष, विश्वास ढकाल र ट्र्याङ्ग्लोको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, ज्याकी लीले हस्ताक्षर गरेका हुन् ।

इसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लो बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

२००९ मा स्थापना भएको इसेवा नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक र एफवान सफ्टको भगिनी कम्पनी हो। इसेवा को वनस्टप मोबाइल वालेटले ग्राहकहरूलाई रेमिट्यान्सहरू प्राप्त गर्न, आन्तरिक रूपमा पैसा पठाउन, बिलहरू तिर्न र देशव्यापी रुपमा १३ लाख व्यवसायीहरूलाई क्यूआर मार्फत ग्राहकहरूबाट डिजीटल भुक्तानी लिने सुविधा दिदै आएको छ ।

 

IME Life
kumari