हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय सम्मान्
काठमाडौं । इन्स्योरेन्स एशिया सिंगापुरबाट दुई फरक विधामा सम्मानित भएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले उत्सव मनाएको छ।
होटल हिमालयमा आयोजित कार्यक्रममा कम्पनीले सरोकारवालाहरुबीच खुशियाली साट्दै उत्सव मनाएको हो ।
बीमामा समावेशिताका लागी इन्क्लुजन इनिसिएटिभ अफ द इयर नेपाल र बीमा योजनामा नवप्रवर्तनका लागी न्यू इन्स्योरेन्स प्रडक्ट अफ द इयर नेपाल विधामा इन्स्योरेन्स एशियाले हिमालयन एभरेष्टलाई सम्मान गरेको हो ।
पिडब्लुसी हङकङ, इएमएसटी एण्ड योङ, केपिएमजी सिंगापुर र डेलोयट सम्मिलित निर्णायक मण्डलीले कम्पनीलाई यो सम्मानका लागी चयन गरेको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बीमकको सञ्चालक समिति अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले संयुक्तरूपमा सम्मानको प्रतीक सार्वजनिक गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले अन्तर्राष्ट्रिय सम्मानले नेपालको बीमा क्षेत्रको गरिमा अझ बढ्ने भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले अन्तर्राष्ट्रिय सम्मानले नेपालको बीमा क्षेत्रलाई थप उचाइँमा पुर्याएकोमा भन्दै सम्मानले अझ उत्कृष्ट सेवा प्रदान गर्न उर्जा मिलेको बताए ।
बीमा व्यवसायलाई समय सापेक्ष प्रविधि मैत्री, आधुनिक र व्यवसायीक बनाउँदै लैजाने हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रयासलाई अझ प्रोत्साहन मिलेको कम्पनीले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।