stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति माग्दै सिटिजन लाइफ बोर्ड पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आईपीओ निष्काशनको अनुमति माग्दै सिटिजन लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न आज चैत ३ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको हो ।

कम्पनीले प्रति कित्ता २९० रुपैयाँका दरले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणको निर्देशन अनुसार ५ अर्ब पूँजी पुर्याउन कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ थप्नु पर्ने देखिन्छ ।

कम्पनीले आईपीओ निष्काशन पश्चात न्युनतम चुक्ता पूँजी पुर्याउन शेयरधनीहरुलाई बोनश र हकप्रद निष्काशन गर्ने तयारी गरेको छ ।

 

IME Lifesidebar
kumari