stcnepal long ad
ime life insurance
national life
global ime bank long

सवारी साधनको बिमा शुल्क घटाउन समितिको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार
काठमाडौं । लक डाउनका कारण सवारी साधन थन्किएपछि बिमा शुल्क घटाउन बिमा समितिले निर्देशन दिएको छ । लक डाउन अवधिभरमा सवारी साधन थन्किएकोले मोटर बिमाको प्रिमियममा केही राहतको व्यवस्था गर्नु उपयुक्त हुने भन्दै समितिले निर्देशन दिएको हो ।
समितिले नवीकरण गर्दा २०७६ चैत्र ११ गतेदेखि लक डाउन नहटाएसम्मको समयावधिलाई सवारी थन्किएको अवधि मान्नुपर्ने निर्देशन दिएको छ । अत्यावश्यक सेवाका सवारी साधनको हकमा सरकारले सवारी साधन सञ्चालन गर्न अनुमति दिएको समयलाई थन्किएको अवधि गणना गर्नुनपर्ने निर्देशनमा उल्लेख छ ।
समितिले यसअवधिमा बिमा जोखिम पनि न्यून हुने भन्दै उक्त निर्देशन दिएको बताएको छ । चालु बिमा अवधिमा दाबी परिसकेको सवारी साधनको हकमा भने थन्किएको अवधिको छूट लागू नहुने पनि निर्देशनमा बताइएको छ ।
कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचारी बिमा लगायत जोखिम समुहको समेत गणना गर्ने र उक्त छूट रकम सवारी साधनको बिमा नवीकरण गर्दा नवीकरण बिमा शुल्कमा समायोजन गर्नुपर्ने समितिको निर्देशन छ ।
IME Lifesidebar
kumari