stcnepal long ad
ime life insurance
national life
global ime bank long

ह्वात्तै बढ्यो उपत्यकामा कोरोना परीक्षण गराउनेको सङ्ख्या

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार

काठमाडौं । उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६० जनासम्म परीक्षणका लागि आउने गरेकामा जेठ महिनामा दैनिक झण्डै ७०० परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ ।

परीक्षणका लागि आउनेमध्ये कतिपय सङ्क्रमित जिल्लाबाट आएका, सङ्क्रमित भएका व्यक्तिसँग सम्पर्क भएकादेखि सङ्क्रमणको सम्भावना न्यून रहेका व्यक्तिसमेत रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो ।

अहिले उपत्यकाका अधिकांश नगरपालिकाले आफ्नो नगरमा नफर्कन र फर्कन पर्दा परीक्षण गरेर मात्रै आउन भनिरहेका छन् । यसैले गर्दा अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको हो । दुई साता पहिलेसम्म परीक्षणका लागि किट पर्याप्त मात्रामा नभए पनि अहिले किट पर्याप्त भएकाले पनि परीक्षणको दायरा बढाइएको छ ।  रासस

 

IME Lifesidebar
kumari