stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अर्थमन्त्रालयको मौनताले कोरोना बीमाको दावी भुक्तानी अलपत्र

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एक लाख भन्दा बढी कोरोना पीडितले दुई वर्ष नाघिसक्दा पनि कोरोना बीमाबापतको भुक्तानी पाएका छैनन् । बीमा कम्पनीहरुले सरकारले रकम निकासा नगर्दासम्म भुक्तानी नगर्ने अडान लिएपछि कोरोना पीडितले भुक्तानी नपाएका हुन् ।

कोरोना पिडितको झण्डै साढे ११ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । बीमा कम्पनीहरुले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी गरिसकेको भन्दै बाँकी भुक्तानी गर्न नसक्ने बताएका छन् ।

सरकारले रकम निकासा गरेपछि मात्रै भुक्तानी दिने नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले बताउनुहुन्छ ।

बीमा समितिले पनि कोरोना बापतको भुक्तानीका लागि पटक(पटक ताकेता गर्दै आएको छ । पटक(पटक ताकेता गर्दा पनि रकम निकासा नभएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउनुभयो ।

कोरोना बीमा मापदण्ड अनुसार तत्काल रकम निकासा गर्न कार्यकारी निर्देशक पौडेलले माग गर्नुभयो ।

यता अर्थमन्त्रालयले भने कोरोना बीमा बापतको रकम निकासा गर्न सकेको छैन । यस विषयमा अर्थमन्त्रालयका अधिकारीहरु कुरा गर्न सम्म चाँहदैनन् ।

अर्थमन्त्रालयको मौनताले निकासा हुनुपर्ने झण्डै साढे १२ अर्ब कहिलेसम्म निकासा हुन्छ भन्ने टुंगो छैन ।

कोरोनाकाल सुरु भएपछि बीमा समितिको निर्देशनमा बीमा कम्पनीहरुले साढे १७ लाख बीमा लेख जारी गरेका थिए ।

जसमा डेढ लाखभन्दा बढीले भुक्तानीका लागि दाबी गरेका थिए । हालसम्म बीमा कम्पनी र पुल मार्फत करिब ५ अर्ब रुपैयाँ भुक्तानी भईसकेको छ

prabhu mahalaxmi
kumari