prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

तीन जीवन बीमा कम्पनीले एक आपसमा मर्जरका लागि गरे सम्झौता

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तीन जीवन बीमा कम्पनीहरुले एक आपसमा मर्जरका लागि सम्झौता गरेका छन् । आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसरमा गाभिने गाभ्ने र मर्जरका लागि एक कार्यक्रबीच सम्झौता गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले मर्जरका लागि सम्झौता गरेसँगै यी तीन जीवन बीमा कम्पनीहरुले पनि नेपालमा पहिलो पटक मर्जरका लागि सम्झौता गरेका छन् ।

 

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ रहेको छ । गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ भने यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

यी तीन कम्पनीले एक बराबर १ को अनुपातमा शेयर आदानप्रदान गरेको खण्डमा मर्जर भएपछि चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख ६६ हजार हुनेछ । अर्थात यी तीन कम्पनी मर्जरपछि नेपाल लाइफपछि दोस्रो ठुलो चुक्ता पूँजी भएको कम्पनी बन्नेछन् ।

स्वाप रेसियो डिडिए मुल्यांकन पछि तय हुनेछ । अबको एक हप्तापछि एक्चुरी भ्यालुएशनको टिम नेपाल ल्याएर एक्चुरीको काम सम्पन्न गराएर स्वाप रेसियो तय गर्ने गरी अहिले प्रारम्भिक सम्झौता गरेको प्राइम लाइफका एक संचालकले बताए । बीमा समितिले दिएको निर्देशन अनुसार यी तीन कम्पनीले मर्जर सम्झौता गर्ने निर्णय गरेका हुन् ।

२९ वैशाख २०७९, बिहीवार १७:२४ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads