stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुँजी वृद्धि प्रस्ताव राखेर बोलायो विशेष साधारण सभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैशाख २५ गते महालक्ष्मी लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको छ । साधारणसभा, होटल हुकुम दरवार कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

साधारणसभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । नियामक बिमा समितिले जीवन बिमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने व्यवस्था गरेपछि सोही अनुसार पुँजी वृद्धि प्रस्ताव राखिएको हो । अब सोही पुँजीलाई आधार मानेर आइपीओ पनि जारी गर्नुपर्ने हुन्छ ।

तसर्थ, सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा अन्य जीवन बिमा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ ।

यस्तै, कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । जीवन बिमा कम्पनीहरुमध्ये सबैभन्दा कान्छो रहेको यस महालक्ष्मीले आइपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

prabhu mahalaxmi
kumari