Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

सगरमाथा इन्स्योरेन्स कम्पनीको भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न 

civilbank long ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । कोभिड जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५७८९ प्रतिशत नगद नगरी कुल ११ दशमलव ५७८९ प्रतिशत लाभांश पारित भएको छ ।

त्यस्तै सभामा आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन छलफल गरी पारित गर्ने, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित भएको छ ।

कम्पनीले सामाजिक संघ संस्थालाई आर्थिक साहयता प्रदान गर्दा कम्पनी ऐन २०६३ को उप दफा १०५ को उपदफा १ को खण्ड ग ले निर्धारण गरेको सिमा नाघेको हुँदा खर्च भएको १६ लाखलाई अनुमोदन गर्ने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तथा नियमनकारी निकायबाट कुनै विषयमा संशोधन तथा परिवर्तन गर्न निर्देशन आएमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 


३० असार २०७८, बुधवार २२:४० बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad