citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एलआइसी नेपालको जीवन बिमा कोषमा ७७ अर्ब

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले १५ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ४२.८४ प्रतिशत ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा यसले १० करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा इन्सुरेन्सको खुद बिमा शुल्क र बिमा कोषको आकार पनि क्रमशः ३१.७९ प्रतिशत र २१.७७ प्रतिशत ले बढेको छ ।

गत वर्ष १० अर्ब ३१ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यो त्रैमासमा बढाएर १३ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ ।

यता, जीवन बिमा कोष पनि ६३ अर्ब ६७ करोड रुपैयाँबाट बढेर ७७ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा एलआइसीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ छ ।

जगेडा कोषमा ६१ करोड १४ लाख रुपैयाँ छ । हालसम्म कम्पनीले कुल ६ अर्ब १६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम २१ करोड ७३ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७४ पैसा छ ।

himalayan life insurance
igi long