citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेप्सेमा २ करोड कित्ता बोनस शेयर सूचीकृत, नबिल बैंकको मात्रै १ करोड बढी, अरुको कति ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सोमबार २ करोड कित्ता भन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । दुई बाणिज्य बैंक, १ विकास बैंक र १ लघुवित्तको गरी जम्मा २ करोड ६ लाख ३ हजार ९ सय ४६.०२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार नबिल बैंक एक्लैको १ करोड ८ लाख ५६ हजार ५२० कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

त्यसैगरी सिद्धार्थ बैंकको ९० लाख १ हजार ६२६.०२ कित्ता, कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३ सय कित्ता र सबैको लघुवित्तको २ लाख १४ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

gold
himalayan life insurance long ad
kumari bank