भर्खरै आइपीओ जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ६२.४३% ले बढ्यो
काठमाडौं । भदौमा आइपीओ जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मजबुत बन्दै गएको छ । यसअवधिमा इन्सुरेन्सको नाफा ६२.४३% ले बढेर ३ करोड ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ करोड ८५ लाख १४ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्कमा पनि आकर्षक वृद्धि भएको छ । पहिलो त्रैमाससम्ममा खुद बिमा शुल्क ९१.९७% ले बढेर ४६ करोड ५२ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २४ करोड २३ लाख ३७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । खुद बिमा शुल्कमा आएको वृद्धिले पनि नाफा बढाउन सहयोग गरेको हो ।
असोज मसान्त सम्म आइपुग्दा जीवन बिमा कोष १४६.९१% ले बढेर १ अर्ब ३९ करोड ५६ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको जीवन बिमा कोषमा ५६ करोड ५२ लाख ४१ हजार रुपैयाँ मात्रै थियो ।
असोज मसान्तसम्ममा रिलायन्स लाइफको प्रतिसेयर आम्दानी वार्षिक ५ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १५ पैसा छ ।























