stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

शेयरधनीहरूको हितग्राही खातामा प्राइम लाइफ इन्स्योरेन्सको बोनश शेयर जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आफ्ना शेयरधनीहरूको हितग्राही खातामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  बोनश शेयर पठाउन थालेको छ ।

कम्पनीको गत असार २९ गते सोमबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको १२ दशमलव ५ प्रतिशत बोनश शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कम्पनीले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो बोनश प्राप्त गर्नका लागि आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari