stcnepal long ad
ime life insurance
global ime bank long

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ ।

इन्स्योरेन्सले संस्थापक समूह तर्फको ८१ हजार २२४।७५ कित्ता र सर्वसाधारण तर्फको ७९ हजार ८ सय ५३।२५ कित्ता अवितरित हकप्रद शेयरहरु गत साउन २२ गते देखी साउन २९ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आव्हान गरेको थियो ।

सो अवधिमा प्राप्त बोलपत्र भदौ ९ गतेका दिन बोलपत्रदाताहरुको रोहबरमा खोली भदौ १५ गते बाँडफाँड गरिएको छ ।

बोलपत्रमा नपरेको बोलपत्रवालाको रकम फिर्ता भुक्तानी भदौ १७ गतेदेखी बोलपत्र फाराममा उल्लेख गरिएको बैंक खातामा रुकमान्तर गरिने बताएको छ ।

साथै, बाँडफाँटमा परेको शेयरधनीहरुको शेयर नेप्से र सिडिएससीमा सूचीकृत भएपश्चात बोलपत्र फाराममा उल्लेखित हितग्राही खातामा जम्मा गरिने जानकारी गराएको छ ।

prabhu mahalaxmi
kumari