stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएलजी इन्स्योरेन्सले बझाङमा पनि शाखा विस्तार

सुदूरपश्चिमका सबै जिल्लामा सेवा विस्तारको तयारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमा आफ्नो सेवा विस्तारलाई तीव्रता दिँदै बझांग जिल्लाको जयपृथ्वी नगरपालिकामा नयाँ विस्तारित काउण्टर मार्फत शाखा विस्तार गरेको छ।

यससँगै कम्पनीले धनगढी, महेन्द्रनगर, टीकापुर, डडेल्धुरा, अत्तरिया, सुख्खड र झलारीपछि प्रदेशमा आठौं स्थानमा आफ्नो सेवा विस्तार गरेको हो।

शाखा विस्तार सम्बन्धी जानकारी दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश को–अर्डिनेटर सुनील श्रेष्ठले कम्पनीले सुदूरपश्चिमका सबै जिल्लामा बीमा सेवा पुर्‍याउने दीर्घकालीन लक्ष्य राखेको बताउनुभयो।

प्रदेशभरका ग्राहकलाई सहज, प्रभावकारी र छिटो–छरितो सेवा उपलब्ध गराउनका लागि शाखा विस्तारलाई निरन्तरता दिइएको उनको भनाइ छ।

श्रेष्ठका अनुसार, एनएलजी इन्स्योरेन्सले हालसम्म सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट सेवा तथा ग्राहकमैत्री व्यवहारका कारण बलियो पहिचान बनाउन सफल भएको छ। हामीले आगामी दिनमा अझ उत्कृष्ट सेवा, द्रुत दाबी भुक्तानी तथा सहज पहुँचयुक्त बीमा सेवा प्रदान गर्ने लक्ष्य राखेका छौँ ।’ उनले भने ।

सुदूरपश्चिमका दुर्गम क्षेत्रसम्म बीमा सेवा पुर्‍याउने उद्देश्यसहित गरिएको यो विस्तारले स्थानीय नागरिकलाई बीमा सम्बन्धी सम्पूर्ण सेवाहरू आफ्नै जिल्लामै सहज रूपमा प्राप्त गर्न सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ।

prabhu mahalaxmi
kumari