stcnepal long ad
global ime bank long

लक्ष्मी सनराइज बैंकको साधारण सभा पुस १४ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो पच्चिसौं वार्षिक साधारण सभा पुस १४ गते सोमबार गर्ने भएको छ । बैंकको मंसिर १७ गते बुधबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश छन्। बैंकको साधारण सभाले सो प्रस्ताव पारित गर्नेछ ।

बैंकको पच्चिसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु ९सहायक कम्पनी समेत छलफल गरी स्वीकृत गर्नेछ ।

साधारण सभाले बैंकको लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाले उल्लिखित बोनस शेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल के सुझाव आएमा आवश्यक संसोधन समायोजन गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्ने भएको छ । त्यसका लागि पुस १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

IME Lifesidebar
kumari