stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउनको लागि नयाँ बीमालेख सुरुवात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा आउने विदेशी पर्यटकहरूको सुरक्षा र विश्वासलाई प्राथमिकता दिँदै,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले Himalayan Guardian Nepal (HGN) ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँगको सहकार्यमा,विदेशी पर्यटकहरुलाई लक्षित गरी नयाँ बीमा योजना ल्याएको छ ।

खास गरेर नेपालको विभिन्न भागमा घुम्नको लागि, पदयात्रा (trekking) को लागि र हिमाल आरोहण (mountaineering)को लागि आउने विदेशी पर्यटकहरुले अब नेपालमा अवतरण गर्ना साथ सुरक्षित बीमालेख प्राप्त गर्ने छन् ।

उक्त बीमालेखको बारेमा जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाललाई अझै सुरक्षित पर्यटन गन्तव्य बनाउनका लागि नयाँ बीमालेखको सुरुवात गरिएको जानकारी दिनुभयो ।

यसमा कम्पनीले तीन तहको सुरक्षा प्रदान गर्नेछ जसमा पहिलो संस्कृतिक भ्रमण, शैक्षिक भ्रमण तथा अवकास यात्राको लागि दोश्रो पदयात्रा (trekking)को लागि र तेश्रो हिमाल आरोहण (mountaineering) को लागि focus गरेर उक्त बीमालेखको सुरुवात गरिएको हो, जसबाट पर्यटकहरु सुरक्षित र ढुक्क भएर यात्रा गर्न सक्नु हुनेछ ।

यात्राको क्रममा केही त्यस्तो दुर्घटना हुन गएमा सहज र नगद रहित औषधोपचार समेत यस बीमालेखमा व्यवस्था गरिएको बारेमा श्रीे श्रेष्ठले जानकारी गराउनु भयो ।

यस बीमालेख खरिद गर्ने प्रत्येक पर्यटकसँग सेटेलाईट (satellite) जडित विशेष उपकरण उपलब्ध रहेको हुनेछ जसबाट आपतकालिन अवस्थामा यात्रुले सिधै button थिचेर तुरुन्तै उद्धारको लागि सेवा प्रदायक र चिकित्सकहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नु हुनेछ ।

जसले गर्दा घाइते पर्यटकको अवस्था हेरी तुरुन्त सहज रुपमा स्थल मार्ग तथा हेलिकप्टर सेवा सहित अस्पतालहरुमा औषधोपचार गराउन सकिने छ । अन्ततः ढुक्क भएर सुरक्षित साथ हरेक पर्यटकले नेपालको हरेक क्षेत्रमा घुम्न, दृष्यावलोकन, पदयात्रा अथवा हिमाल आरोहण गर्न सक्नु हुनेछ ।

बीमालेख अन्तर्गत हुने कभरेजहरुः
१.आपतकालीन उद्धार खर्च – हेलिकप्टर वा स्थलमार्गद्वारा गर्ने उद्धार सेवाको खर्च समावेश ।
२.चिकित्सा खर्च – अस्पताल उपचार, शल्यक्रिया, औषधि र अन्य स्वास्थ्य सेवामा हुने खर्च ।
३.उच्च जोखिम क्षेत्र/उचाइजन्य सुरक्षा – विभिन्न उचाइमा हुने स्वास्थ्य समस्या वा जोखिमलाई कभरेज ।
४.अपाङ्गता वा मृत्यु लाभ – दुर्घटनाबाट स्थायी अपाङ्गता वा मृत्यु भएमा प्रदान गरिने बीमा रकम ।
५.२४ सै घण्टा आपतकालीन सहायता सेवा – बहुभाषिक हेल्पलाइन र अन्तर्राष्ट्रिय उद्धार संस्थामार्फत निरन्तर सहायता ।

कम्पनीले यस बीमालेखको माध्यमबाट नेपालको पर्यटकको संख्या र पर्यटकको बसाई अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास लिएको छ जसले गर्दा पर्यटनको क्षेत्रमा नेपालले अझै प्रगति हासिल गर्ने र नेपाल एक सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विश्व सामु परिचित हुने विश्वास पनि कम्पनीले लिएको छ ।

अन्तमा, श्रेष्ठले उक्त बीमालेख नेपालमा दर्ता भएका trekking तथा पर्यटन agency हरु मार्फत सहजै खरिद गर्न सक्ने व्यवस्था रहेको समेत जानकारी गराउनु भयो ।

हाम्रो लक्ष्य केवल बीमा बेच्नु मात्र होइन, नेपालमा आउने सम्पूर्ण पर्यटकहरुलाई सुरक्षित महसुस गराउनु र संकटमा पर्यटकको जीवन रक्षामा तत्काल सहायता गर्नु पनि हो ।

prabhu mahalaxmi
kumari