प्राइम कमर्शियल बैंक शीर्ष ५ को सूचीमा उभिन सफल
काठमाडौँ । नेपालको सबैभन्दा कान्छो वाणिज्य बैंकका रूपमा आज भन्दा १९ वर्ष अगाडि स्थापना भएको प्राइम कमर्शियल बैंक लिमिटेडले २०८२ असोज ११ गते शनिबार आफ्नो १९ औँ वार्षिकोत्सव मनाएको छ ।
काठमाडौँ बासीको ‘खास बैंक’ भन्ने पहिचान बनाएको यो बैक देशब्यापी नवप्रवर्तन र व्यावसायिक विकासको एक अभियान्ताजस्तै बनेको छ । आफ्नो सफल व्यवसायिक १८ वर्ष पुरा गरी १९ वर्ष लाग्दा यस बैंकले ग्राहक वर्ग, सेयर धनी र संस्थापक सेयर धनीलाई धेरै सेवा,सुविधा र प्रतिफल दिएको छ।
साथै देशमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना,उत्पादन वृद्वि,निर्यात वृद्वि,उद्योग धन्दा र व्यवसायको विकास र सरकारलाई राजस्वमा समेत राम्रो सहयोग पुरयाउदै आएको छ। यस बैंकसँग सम्झन लायक कयौँ सुन्दर पक्ष रअनुभवहरू छन र उज्ज्वल भविष्यको मार्गचित्र पनि छ ।
बैंकले स्थापना कालदेखि निरन्तर प्रेरणा, प्रोत्साहन र मार्गदर्शन गर्ने सबैप्रति विशेष कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ। प्राइम कमर्सियल बैंकको हाल देशभर ११३ वटा शाखा रहेका छन् ।
१९ वर्षअघि ७० करोड पूँजीबाट सुरु भएको प्राइम कमर्शियल बैंकसँग अहिले करिब २० अर्ब रूपैयाँ बराबरको चुक्ता शेयर पूँजी छ । कर्जा तथा निक्षेप स्थापनाको वर्ष ५ अर्ब थियो भने अहिले २ खर्ब २५ अर्ब रूपैयाँ नाघेको छ । बैंकको आकार जति बढ्यो, जोखिम पनि त्यति नै बढ्छ ।
अप्ठेराहरु आइरहन्छन् । त्यसै अनुुसार प्राइम कमर्सियल बैंकले आफूलाई पनि सरल, सहज, प्रविधिमैत्री र चुस्त पार्दै लगेको छ। यस बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव मानन्धर हुनुहुन्छ। उहाँको नेतृत्वको पुरा टीमले बैंकलाई अन्य बैंक तथा वित्तिय संस्थाहरूसँग ठुलो मर्जर र एक्विजेशन नगर्दा पनि चुक्तापुँजी वृद्वि गर्न सफल भएको छ ।
मानन्धर स्वयं पनि करिब दुई वर्षअघि मात्र सिईओको जिम्मेवारीमा आउनु भएको हो। त्यसअघि स्थापनाकालदेखि नै नारायण दास मानन्धर सिईओ हुनुहुन्थ्यो । उहाँको कार्यकालमा बैंकले स्थायित्व प्राप्त गरि चुक्ता पुँजी,निक्षेप,कर्जा लगानी,मुनाफा,शाखा सञ्जाल,एटिएम काउन्टर,सुचना प्रविधि र नविनतम प्रविधि लगायतमा ठुलो फडको मारि सफलता हासिल गरेको छ।
नारायण दास मानन्धर सिईओ हुँदासम्म प्राइम कमर्शियल बैंकको कर्जा लगानी १६३ अर्ब रूपैयाँ थियो भने अहिले सन्जिव मानन्धर हुँदा कर्जा लगानी २२९ अर्ब रूपैयाँ पुगिसकेको छ । उहाँ व्यापार बढाउन ‘सिपालु’ सिईओमध्ये एक हुनुहुन्छ । विगत तीन वर्षदेखि पुरा अर्थतन्त्र नै सुस्त भएको बेलामा समेत उहाँले व्यापारको रथलाई तिव्र गतिकासाथ अगाडि बढाउनु भयो,रोकिन दिनु भएन।
अप्ठेरो समयमा पनि कर्जा विस्तारलाई जोड दिएछि बैंकको कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० पनि अरु बैंकको जसरी ठूलो गिरावट देखिएको छैन । पहिले पनि ८५–८६ प्रतिशतमा बसिरहेको बैंकको सीडी रेसियो अहिले पनि ८२ प्रतिशतको हाराहारीमा रहेको छ ।
जुन ‘इन्डस्ट्रि एभरेज’ ७५ प्रतिशतभन्दा निकै बढी हो ।
कोभिड १९ को बेलामा बैंकले के( कस्तो कर्जामा जोखिम हुने रहेछ भन्ने राम्रो अनुभव हासिल गरेको थियो । त्यसैकारण अहिलेको आर्थिक सुस्तताका बीच पनि बैंकलाई कर्जा जोखिम घटाउने उपायहरुको कार्यान्वयन गर्न र सँगसँगै कर्जा बृद्धि गर्न पनि सहयोग पुगेको थियो ।
यस बैंकले अहिले १३ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक विविध बैंकिङ सेवा दिदै आएको छ ।
पछिल्लो दुई वर्षमा मात्रै ३ लाख हाराहारीमा ग्राहक आधार विस्तार भएको सिईओ मानन्धर बताउनु हुन्छ । बैंकले आम्दानीको स्रोत बढाउने क्षेत्रहरुलाईं सक्रीय पार्ने र बलियो बनाउने कोसिस निरन्तर गरिरहेको छ ।
ब्याज आम्दानीमात्रै होइन, ग्यारेन्टी लगायतका अन्य स्रोतबाट पनि आम्दानी बढाउने रणनीति बैंकले लिएको छ । डिजिटल बैंकिङ पनि यस बैंकले सुविधा दिदै आएको छ । त्यसबाट बैंकहरुको आम्दानी निकै राम्रो छ । प्राइम कमर्सियल बैंकले यस्ता नयाँ( नयाँ बैंकिङ सेवा दिएर ग्राहकहरूको मन जित्दै आफूलाई फौलाउँदै लगेको छ ।
त्यसरी दुई वर्षमा ५५ प्रतिशतभन्दा धेरै ‘अन्य आम्दानी’ बढाएको देखिन्छ । मानन्धरले सिईओको जिम्मेवारी सम्हाल्नु अघि पनि प्राइम कमर्सियल बैंकको वित्तीय स्वास्थ्य तुलनात्मक रुपमा राम्रै थियो । त्यसमा उहाँले थप ‘प्राण’ भरिरहनु भएको छ ।
बैंकहरुको सञ्चालन नाफाको बृद्विमा प्राइम कमर्सियल बैंक अग्रस्थानमै रहेको छ । मानन्धर आएपछि पनि उहाँले आफ्नो कार्यकालको पहिलो वर्षमै सञ्चालन नाफा १८ प्रतिशत बढाउनु भएको थियो । दोस्रो वर्षमा यस्तो नाफा १५ प्रतिशत बढाउनु भयो ।
जबकी बैैंकिङ क्षेत्रको औसत बृद्धिदर शून्यप्रायः रहेको थियो । दुई वर्ष पहिले ६ अर्ब ३० करोड भएको सञ्चालन नाफा अहिले ८ अर्ब ६० करोड पुगेको छ । चालू आर्थिक वर्षमा बैंकले साढे ९ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्ने लक्ष्य लिएको छ ।
अहिलेको विषम र जटिल आर्थिक अवस्थामा पनि निष्कृय कर्जाको गाँठो फुकाउनेतिर धेरै नरुमल्लिइकन सञ्चालन नाफा बढाउने रणनीति बैंकले लिएको देखिन्छ ।
तत्कालका लागि यो नीति निकै ‘सफल’ देखिएको छ । यसो गर्दा २(३ अर्ब कर्जा खराब कर्जा नै हुने अवस्था नै आयो भने पनि सञ्चालन नाफा ह्ववात्त बढाउन सकेको खण्डमा त्यो कर्जाको पुनर्भरण गर्न सक्ने अवस्था हुन सक्छ । कतिपय व्यवसाय फेरि उठ्नै नसक्ने गरी थलिएका छन् भने तीनैलाई जसरी पनि ब्याज र साँबा असुल गर्नेगरि दपेटिरहन हुँदैन भन्ने मान्यता सिईओ मानन्धर राख्नु हुन्छ ।
उहाँको यो सिकाइको आधार धेरै वर्षअघि राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लि।लाई वित्तीय उद्धार गर्दाका बखत हासिल गरेको अनुभवमा आधारित छ । त्यसै बेला उहाँले खराब समयमा पनि गुणस्तरीय कर्जा विस्तार गर्नसक्ने संभावना हुन्छ र त्यसो गर्नु रणनीतिक रुपमा सही हुन्छ भन्ने बैंकिङ अनुभवको परिपक्व सिकाइ उहाँले पाउनु भएको थियो ।
यस्तो बेला ‘बैंकिङ क्षेत्रलाई चुनौती छ, तर थेग्नै नसक्ने जोखिम पनि छैन। कोभिडदेखि अहिलेसम्मको अवस्था हेर्ने हो भने करिब २५–३० प्रतिशत व्यवसायीलाई समस्या परेको छ । बाँकी ७५ प्रतिशतलाई यी गतिविधीले छोएकै छैन। धेरै व्यवसायीको कि आम्दानी बलियो छ, कि पूँजी बलियो छ, कि कर्जाको भार निकै कम छ ।
कुल लगानीको २०–३० प्रतिशतमात्रै कर्जा लिएर काम गर्ने व्यवसायी पनि निकै धेरै छन् । त्यस्ता व्यवसायलाई अहिले ‘पेनिक’ अवस्थाबाट गुज्रनुपर्ने बाध्यता नभएको देखिन्छ । त्यसैले अब बैंकले पनि व्यवसायीप्रतिको विस्वसनीयता, व्यवसायको संभावनाजस्ता विषयलाई पहिलेभन्दा कम प्राथमिकता दिनुपर्ने, बरु स्वपूँजीलाई नै ज्यादा महत्व दिनुपर्ने अवस्था आएको सिईओ मानन्धरको भनाई छ ।
यसरी बैंकले आफ्नो लगानी रणनीतिलाई पनि क्रमशस् बदल्दै लगेको छ । त्यसैले समय सापेक्ष रणनीति र कार्यनीतिमा बदलाव गर्दै अघि बढ्दा १८ वर्षमा बैंकले ठूलो सफलता हासिल गरेको छ । केही विकास बैंकलाई छाडेर यो बैंकले कुनै ठूलो मर्जर गरेको छैन ।
त्यसैले कारोबारको आकारमा ज्यादा प्रतिस्पर्धा नभए पनि सबैभन्दा धेरै सञ्चालन नाफा आर्जन गर्ने पाँचौँ बैंक बन्नुले प्राइम कमर्सियल बैंकको ‘इफिसियन्सी’लाई एक उदारहणीय र अनुष्करणीय बनाएको छ । खुद नाफा र वितरणयोग्य नाफामा पनि यो बैंक २० मध्ये शीर्ष सातवटा बैंकमै पर्दै आएको छ ।
नेपालमा जलविद्युत् आयोजनामा लगानी गर्न थाल्ने पायोनियर संस्था नै प्राइम कमर्सियल बैंक हो । धेरै बैंकहरु उर्जा क्षेत्रमा लगानी गर्न अकमकाइरहेका बेला प्राइम कमर्सियल बैंकले निकै ठुलो आट गरेर ८र१० वर्षको दिर्घकालिन कर्जा प्रवाहको थालनी गरेको थियो ।
त्यसको परिणाम आज यो देश बिजुली निर्यात गर्ने अवस्थामा पुगिसकेको छ। करिव ३२ सय मेगावाट विद्युत उत्पादन भैसकेको छ। प्राइमको इनिसियशनलाई साथ दिँदै नेपाल राष्ट्र बैंकले जलविद्युतलाई ‘निर्देशित कर्जा’को महत्वपूर्ण हिस्सा बनाएको छ । अहिले बैंकले करिव १९ अर्ब कर्जा जलविद्युत् क्षेत्रमा लगानी गरेको छ ।
भलै, पछिल्लो समय बैंकले जलविद्युतको तुलनामा सौर्य ऊर्जालाई ज्यादा प्राथमिकता दिन थालेको छ । यस बैंकले देशभर करीब २ हजार कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको छ । बैंक खुलेको दोस्रो वर्षबाट लाभांश बाँड्न थालेको यस बैंकले दुई वर्ष अघिसम्म लगातार लाभांशको दर १५ प्रतिशतभन्दा घटाएको थिएन ।
अहिलेको आर्थिक समस्याले भने यो बैंकलाई लाभांशको आफ्नो पुरानो मानक कायम राख्न अलिकति समस्या भएको देखिन्छ । तर बैंकले अझै पनि फेरि पुरानै लयको लाभांश क्षमता हासिल गर्ने कोसिस भने गरिरहेको छ । यस बैंकका सेयरधनीहरूले राम्रो प्रतिफल पाइरहेका छन् । कर्मचारीहरु सन्तुष्ट छन् ।
सबै राम्रै भइरहेको छ सिईओ मानन्धरले आफ्नो बैंकको १९ औँ वार्षिकोत्सवको अवसरमा भन्नुभयो। बैंकको स्थापना दिवश दशैँको बीचमा परेकाले पनि कर्मचारी र व्यवस्थापकहरू धेरै खुसी छन् । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ४ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७२ प्रतिशत को वृद्धि हो। वित्तीय प्रगति पनि राम्रो गरेको देखिन्छ। बैंकको खुद नाफा १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य वृद्धि भएको छ।
यो १७९.३८ प्रतिशतले बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।
यसले बैंकको लाभांश क्षमता पनि ५.१३ प्रतिशतबाट बढेर १४.३३ प्रतिशत कायम भएको छ। बैंकको खुद ब्याज आम्दानी ११.९२ प्रतिशतले बढेर ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
निक्षेप संकलन पनि बढेर २ खर्ब ६३ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात भने अघिल्लो वर्षको ४.६५ प्रतिशतबाट बढेर ५.५६ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ कायम भएको छ।



























