sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

स्टार माइक्रो इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ३ करोड ५७ लाख

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । इन्स्योरेन्स कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार खुद नाफा घटेको छ ।

५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २१ लाख ६४ हजार रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा २ लाख १६ हजार रुपैयाँ रहेको छ । रिडेन्ड अर्निङमा २ लाख २५ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३५ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा इन्स्योरेन्स कम्पनीले १० करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा इन्स्योरेन्स कम्पनीले १ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । यस अवधिसम्ममा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत ६ करोड ६० लाख रुपैयाँ खर्चिएको छ ।

यस अवधिसम्ममा कम्पनीले ३ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४० लाख ४५ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले १० लाख १६ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ९३ लाख २२ हजार नाफा गरेको थियो ।

gold
prabhu bank
nawakantipur long