stcnepal long ad
nabil bank
macchha(MBL)

बोनस शेयर बापतको रकम बुझाउन सानिमा रिलायन्स इन्स्योरेन्सको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको साधारणसभाले पारित गरेको १८.३८११ प्रतिशत बोनस शेयर बापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ।

शेयरधनीले कर बापत बोनस शेयरको ५ प्रतिशत रकम जम्मा गरेपछि मात्रै बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा पठाइने जनाएको छ।

साविक सानिमा लाइफ र रिलायन्स लाइफ आपसमा मर्ज भएर सानिमा रिलायन्स लाइफ बनेको हो। कम्पनी मर्ज भएको मितिमा कायम रहेका शेयरधनीले दुई वर्षसम्म लाभांशको कर तिर्न नपर्ने तर एकीकृत कारोबारपछि भने कर तिर्नुपर्ने व्यवस्था रहेको छ।

साथै शेयर  धितो  राखेर  कर्जा लिएका  शेयरधनीले कर बापतको  रकम  बुझाएर  कर्जा  लिएको बैंक तथा वित्तीय  संस्थाको  एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बोनस शेयर पठाइने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari