citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आईसीएफसी फाइनान्स फाइनान्सले माघ ९ गतेबाट ३० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । माघ ९ गतेबाट आईसीएफसी फाइनान्स कम्पनीले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। फाइनान्स कम्पनीले ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ जारी गर्ने भएको हो। जस अनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १ लाख २० हजार इकाइको कम्पनीले सार्वजनिक निकाष्सन गर्नेछ।

सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १ लाख १४ हजार इकाइमा सर्वसाधारण खरिद आवेदन दिन सक्नेछन्।

सर्वसाधारण यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ।

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा माघ १३ गते र ढिलोमा माघ २३ गते बैंकिङ समयपछि हुनेछ।आईसीएफसी फाइनान्सको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

gold
himalayan life insurance long ad