citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

नेपाल लाइफ इन्स्योरेन्सको २१.०५%लाभांश घोषणा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस २६ गते (शुक्रबार) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमा बोनस शेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित) रहेको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

gold
himalayan life insurance long ad