stcnepal long ad
ime life insurance
national life
global ime bank long

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी लिन बाँकी बीमा दाबी लिन आउन बीमितहरुलाई आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी लिन बाँकी बीमा दाबी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एउटा सूचना जारी गर्दै २०८२ चैत मसान्तसम्म पर्न आएका दाबीको लिन बाँकी भुक्तानी फछ्र्यौट गर्न आउन बीमितलाई आग्रह गरेको हो ।

‘दाबी मूल्यांकनका लागि बुझाउन बाँकी आवश्यक कागजातहरु सम्बन्धित सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फछ्र्यौटका लागि माग गरिएको थियो’, सूचनामा भनिएको छ ।

कम्पनीले अवाश्यक कागजात पेस गर्न ३५ दिनको समय दिएको छ। यो अवधिभित्र बीमितले आवश्यक कागजातसहित बीमित सम्पर्कमा नआएको खण्डमा दाबी सम्बन्धी प्रक्रिया अगाडी बढाउन असमर्थ रहने कम्पनीले स्पष्ट पारेको छ।

IME Lifesidebar
kumari