citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एलआईसीको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ ।

कम्पनीले मंसिर १२ गतेदेखि १ः०.८८४५१६८ अनुपातमा प्रतिशेयर १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको छ ।

यसअघि कम्पनीको हकप्रदमा पुस २ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो । तर पर्याप्त मात्रामा आवेदन नपरेपछि म्याद थप गरिएको हो । अब शेयरधनीले पुस १७ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन् ।

सोमबार साँझ ५ बजेसम्म कम्पनीको हकप्रदमा ९ हजार ४०३ आवेदकबाट ३४ लाख ३८ हजार कित्ताका लागि आवेदन परेको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

शेयर खरिदका लागि दरखास्त नेपाल एसबिआई मर्चेण्टको लेखनाथमार्ग ठमेल, लाइफ इन्स्योरेन्सको कार्यालय पुतलीसडक तथा सम्पूर्ण कार्यालय तथा सि–आस्वामा आबद्ध बैँक तथा वित्ती संस्थामा दिनुपर्नेछ । आवेदन पनि सोही ठाउँमा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

gold
himalayan life insurance long ad