आज एसियन हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको साधारण सभा बस्दै
काठमाडौं । आज पुस २ गते मंगलबार नेप्सेमा सूचीकृत २ हाइड्रोपावरको वार्षिक साधारण सभा बस्दैछन् । यसदिन एसियन हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको साधारण सभा बस्न लागेको हो । यी दुवै कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेका छैनन् ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर १९ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, मंसिर १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
एसियन हाइड्रोपावरको वार्षिक साधारण सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा दिउँसो १२.३० बजेबाट सुरु हुनेछ ।
सामलिङ्ग पावर कम्पनीको वार्षिक साधारण सभा पनि द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान साढे १० बजेबाट सुरु हुनेछ । साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते गरिसकेको छ ।
तसर्थ, मंसिर १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।