stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनएलजी इन्स्योरेन्सको कृषि बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषकको घर घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बाँकेको कोहलपुर नगरपालिकाको सभाहलमामा मंसिर १९ गते कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कृषकलाई बीमाको दायरामा ल्याउन देशभर का विभिन्न ठाँउमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम संचालन गरि रहेको र छलफल कार्यक्रम निरन्तर चलिरहने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए ।

उक्त छलफल कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका पशु शाखा कार्यावय का प्रमुख गोबिन्द बहादुर रोकायाले सबै बीमा अपरिहार्य रहेको र त्यसमाथी कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति नै आवश्यक रहेको हुँदा बीमा गरेमा निकै फलदायी हुने बताए ।

उनले कृषकलाइ बीमाको दायारामा ल्याउन आउदा दिनहरुमा पालिकाबाट प्रदान गर्न सकिने सेवाहरुमा दिन हरदम तयार रहेको बताउँदै सरकारले कृषि बीमामा ल्याएको नयाँ प्रावधानले बीमा गर्ने कार्यमा किसानलाई केहि असहज हुने देखिएता पनि कृषि प्राबिधिक , बीमा अभिकर्ता एवम् बीमा कम्पनीहरु मिलेर सहजीकरण गर्दै बीमाको दायर बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त छलफल कार्यक्रम एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।

साथै, उनले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पशुपंक्षी बीमाका नंया प्रावधान र महत्वका बारेमा जानकारी गराउँदै बाँके जिल्लामा कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न अभ्यास गरिदै आएको र यसलाइ थप निरन्तरता दिँदै नेपाल सरकारले कृषकलाई दिने बीमाशुल्क अनुदानको लाभसँगै बीमाको लाभ लिन सबै कृषकलाइ अनुरोध गरे ।

कार्यक्रमको संचालन एनएलजी इन्स्योरेन्स कम्पनी कोहलपुर शाखाका शाखा प्रमुख अमित के।सीले गरेका थिए भने नेपालगंज शाखाका शाखा प्रमुख बिवेक भण्डारीले बिभिन्न मितीमा बीमा दावी परेका किसानहरुलाई दावी वापतको रकमको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कोहलपुर न.पा. पशुसेवा कार्यालयका नविना थापा,कृषि बिकास शाखाका कृषि अधिकृत कल्पना नेपाली, कृषि प्राविधिकहरु डिल्ली बहादुर खड्का, हिरा सिंह ओली,कुलबिर थारु ,एनएलजी ईन्स्योरेन्स कम्पनी का नेपालगंज शाखा र कोहलपुर उपशाखा का सहायक बिकास अधिकृत रजिश भण्डारी र आशिष मल्ल , बिभिन्न कृषि संस्थामा आबद्ध कृषकहरु र कृषि पेशामा आवद्ध किसानहरु गरी जम्मा ६६ जनाको व्यक्तिहरुको सहभागिता रहेको थियो ।

छलफलको क्रममा सहभागी किसानहरुलाई बीमा गर्ने प्रकृया र दावी गर्ने प्रकृयाहरुको बारेमा कम्पनीको सुदुर पश्चिम प्रदेश कार्यालय जोखिमांकन बिभागमा कार्यरत कर्मचारी लेख बहादुर खत्रीले जानकारी गराएका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari