stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क १९३५ ले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार इन्स्योरेन्स कम्पनीको अधिकांश सूचक बृद्धि भएको छ ।

यस इन्स्योरेन्स कम्पनी पहिलो त्रैमासमा ६ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्षको तुलनामा इन्स्योरेन्स कम्पनीको नाफा २३ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा इन्स्योरेन्स कम्पनीको शेयर पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

रिटेन्ड अर्निङमा ८७ करोड २१ लाख रहेको छ । अन्य इक्विटीमा २६ करोड ९ लाख रहेको छ । महाविपत्ती कोषमा ५ करोड ८७ लाख रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्स  कम्पनीले ७५ करोड ४९ लाख रुपैयाँ  कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ७ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।

समीक्षा वर्षमा इन्स्योरेन्स कम्पनीले ५६ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १९३ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले १९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत १९ करोड २ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले पुनर्बीमा मार्फत ३४ करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो ।

समिक्षा  अवधिमा इन्स्योरेन्स कम्पनीले अभिकर्ता कमिशनमा ९४ लाख ९९ हजार रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा १ करोड ३० लाख खर्चिएको थियो ।

गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो ।कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ५९ पैसा रहेको छ ।

इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४१ पैसा रहेको छ। कम्पनीको सोल्भेन्सी रेसियो ३ दशलमव २४ प्रतिशत रहेको छ ।

 

prabhu mahalaxmi
kumari bank
kumari