stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो ।

एफपीओमा रितपूर्वक आवेदन दिनेको संख्या १३ लाख ४७ हजार ५१३ थियो । ती आवेदकमध्ये ३५ हजार ९० जनाले एफपीओ पाएका छन् ।

३५ हजार ८४ जनालाई १० कित्ताका दरले र बाँकी ४ जनालाई ११ कित्ताका दरले सेयर प्रदान गरिएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले कात्तिक १२ देखि २० गतेसम्म एफपीओमा आवेदन माग गरेको थियो । हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९२५ रुपैयाँ छ ।

एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेर समता घरेलु लघुवित्त बनेको हो ।

prabhu mahalaxmi
kumari