citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाए

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा ११ वटा बैंकले ब्याजदर घटाएका हुन् ।

मंसिरमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९७ प्रतिशत र संस्थागततर्फ औसत ४.६४ प्रतिशत रहेको छ ।

कात्तिकको तुलनामा व्यक्तिगत तर्फ औसत ०.२१ प्रतिशत र संस्थागततर्फ ०.२७ प्रतिशत ब्याजदर घटेको देखिन्छ । कात्तिकमा बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ औसत ६.२२ प्रतिशत थियो भने संस्थागततर्फ ४.९७ प्रतिशत थियो ।

११ बैंकले ब्याजदर घटाउँदा ८ बैंकले भने ब्याजदर स्थिर राखेका छन् । तर, मंसिरमा राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ०.२ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत पुर्याएको ।

मंसिर महिनामा सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंक रहेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.७९ प्रतिशत ब्याजदर तोकेको छ । साथै, सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको ५.५ प्रतिशत तोकेको छ ।

 

gold
himalayan life insurance long ad