evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद बिक्री गर्ने

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले १०ः६.२५६ को अनुपातमा शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

हकप्रद निष्काशन प्रयोजनार्थ कात्तिक २७ गते कम्पनीले बुक क्लोज गर्ने भएकाले कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयर किन्न पाउँछन् । हकप्रद शेयर निष्काशन पुस १ गते बैंकिङ्ग समयपछि बन्द हुने कम्पनीले जनाएको छ ।

इच्छुक लगानीकर्ताले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराईज लिमिटेड, एनएजली इन्स्योरेन्सका केन्द्रीय तथा विभिन्न क्षेत्रिय कार्यालयहरू, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ छ भने हकप्रद शेयर बाँडफाँड पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ ।

igi long
himalayan life insurance long ad