सूर्यज्योति लाइफको प्रोडक्ट एम्बेस्डरमा बिश्वराज रेग्मी नियुक्त

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोडक्ट एम्बेस्डरमा पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर बिश्वराजज रेग्मी नियुक्त भएका छन् ।
कम्पनीको प्रोडक्ट एम्बेस्डर कन्टेस्ट अन्तर्गत बिजय भएपश्चात रेग्मीलाई सूर्यज्योति धन बहार जीवन बीमा योजनाको एम्बेस्डरमा नियुक्त गरेको हो । उनलाई कम्पनीले १ वर्ष समय अवधिको लागि प्रोडक्ट एम्बेस्डरको रुपमा नियुक्त गरेको छ ।
देशै भरि गरिएको प्रोडक्ट एम्बास्डर कन्टेस्टमा तोकिएको बीमा योजना अन्तर्गत यस अघि कम्पनीले दिएको व्यवसायिक लक्ष्य हासिल गरि विजेता बन्न सफल बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरव कुमार शाही, र महाराजगन्ज शाखाकी सृजना पन्तलाई क्रमशः चौरासी पूजा जीवन बीमा योजना,सजिलो भुक्तानी जीवन बीमा योजना, र सावधिक जीवन बीमा योजनाू का लागि प्रोडक्ट एम्बास्डरको रूपमा एक वर्षका लागि चयन भैसकेका छन।