stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना सदस्य मनोनीत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना सदस्य मनोनीत भएका छन्।

सभापति शेरबहादुर देउवाले सोमबार उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानमा १८ जना सदस्य मनोनीत गरेका हुन्।

बाजुराका कविराज पण्डित, तनहुँका जगदीशचन्द्र पोखरेल, गुल्मीका छन्दबहादुर पहराई, सिन्धुलीकी विजुला वर्मा, नुवाकोटका केदारनरसिंह के.सी., सोलुखुम्बुकी रिना उप्रेतीलाई सदस्य मनोनीत गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

साथै धनुषाका वीरेन्द्र यादव, कास्कीका कृष्णप्रसाद पौडेल, झापाका भरत प्रसाई, भक्तपुरका कमल कार्की, सिन्धुपाल्चोकका बलदेव तिमिल्सीना, स्याङ्जाका डोलराज भुसाल, बागलुङका प्रताप पौडेल, जाजरकोटका हजारी नेपाली (वादी), काठमाडौंका विश्वदिप लामिछाने, रौतहटका नाहिदा परविन, कञ्चनपुरका भवानी पन्त, काठमाडौंका अनार बस्नेत सदस्य मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

prabhu mahalaxmi
kumari