sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको सबैभन्दा ठुलो फास्ट मुभिंग कन्जुमर गुड्स (FMCG) कम्पनीहरू मध्ये एक युनिलिभर नेपाल सङ्कटको समयमा र सामान्य परिस्थितिमा पनि नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने प्रेरक शक्ति रही आएको छ ।

कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने प्रयासमा संलग्न छ ।

हालसालै गएको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको यस दुःखद घडीमा पिडित समुदायको सहयोगको लागि युनिलिभर नेपालले  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाईका सामग्री उपलब्ध गराएको छ ।

यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक/सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार,  रविभक्त श्रेष्ठले प्रधानमन्त्री  केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पूनःस्थापना गर्ने प्रयासमा एक्यबद्धता जनाउँदै रु ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।

युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उदेश्यबाट प्रेरित छ । यस्ता प्रयासहरू मार्फत, युनिलिभर नेपालले फेरि पनि नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पु¥याउने आफ्नो प्रतिबद्धता देखाएको छ ।

gold
prabhu bank
nawakantipur long