stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

प्रभु महालक्ष्मी लाइफको लिडर्स मिट भव्य रुपमा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लिडर्स मिट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । आज असोज ५ गते शनिबार काठमाडौं उपत्यकाभित्र रहेका ६०० बढि अभिकर्ताहरुको उपस्थितिमा लिडर्स मिट कार्यक्रम काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको हो ।

सो कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे । त्यस्तै कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले सहभागीहरुमा स्वागत मन्तब्य राखो थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरुलाई काम गर्न जोस, जागर र प्रेरणा प्रदान गरेका थिए ।

अभिकर्ताहरुको जीवन बीमा व्यवसायमा आउने समस्याहरु समाधान गरेर व्यवसायीक कामलाई सहजिकरण गर्न कम्पनी सदैव तयार रहेको बताए । व्यवसायीक अभिकर्ताहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय फोरममा पहिचान बनाउने अवसर रहेको बताउँदै उक्त अवसरलाई हासिल गर्न शुभकामना व्यक्त गरे ।

कार्यक्रममा इन्स्योरेन्स सेल्स मोटिभेसनल कोच विजय कुमार झाको उत्प्रेरणात्मक सेसन रहेको थियो । विजय कुमार झाले उत्प्रेरणात्मक सेसनमा बीमा बिक्री कलालाई व्यवाहारिक र रोचक रुपमा प्रस्तुत गरेका थिए ।

कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले धन्यवाद व्यक्त गरी समापन गरिएको कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले गरेका थिए ।

prabhu mahalaxmi
kumari