stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १९ अर्ब २२ करोड बीमा शुल्क आर्जन गर्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौ । आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमाससम्म नेशनल लाइफ इन्स्योरेन्सले १९ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको जनाएको छ । बीमा शुल्क अघिल्लो आर्थिक वर्षभन्दा १४।३४ प्रतिशतले बढाएको पनि छ ।

यस इन्स्योरेन्सले ४० करोड ६३ लाख नाफा कमाएको छ । यो नाफा कम्पनीको अघिल्लो आर्थिक वर्षभन्दा ६०।८९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २५ करोड २५ लाख रुपैयाँ मात्र थियो ।

कम्पनीको यो अवधिमा दावी भुक्तानी ८ अर्ब ८३ करोड रुपैयाँ गरेको छ । जुन अघिल्लो आर्थिक वर्षकोभन्दा ५।४२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको लगानी तथा कर्जाबाट ६ अर्ब ७४ करोड रुपैयाँ कमाएको छ । यस्तो आम्दानी ५ अर्ब ७६ करोड रुपैयाँ थियो ।

कम्पनीका ११ ठुला सेयरधनीहरू

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुनेमा ११ जना सेयरधनीहरू रहेका छन् । जसमा व्यक्ति र विभिन्न कम्पनीहरु रहेका छन् ।

कम्पनीको २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार सबै भन्दा धेरै सेयर स्वामित्व सिद्धेश्वर कुमार सिंहको रहेको छ । सिंहको १०.२४ प्रतिशत अर्थात ५१ लाख २९ हजार ४६३ कित्ता सेयर रहेको छ ।

त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकको १०.१२ प्रतिशत अर्थात ५० लाख ७१ हजार ८४ कित्ता सेयर रहेको छ । त्यस्तै रण बहादुर शाहको ५.४४ प्रतिशत अर्थात २७ लाख २५ हजार ५४० कित्ता,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ४.७७ प्रतिशत अर्थात १९ लाख २३ हजार ४०४ कित्ता, रिता मल्लको ४.०४ प्रतिशत अर्थात २० लाख २३ हजार ७९३ कित्ता, प्रेम राज्य लक्ष्मी सिंहको २.५३ प्रतिशत अर्थात १२ लाख ६९ हजार २०८ कित्ता, ईश्वरी प्रसाद रिमालको २.०५ प्रतिशत अर्थात १० लाख २७ हजार १५६ कित्ता, स्लीककोट लिमिटेडको १.३३ कित्ता अर्थात ६ लाख ६८ हजार ९४४ कित्ता, राजीव विक्रम शाहको १.४८ प्रतिशत अर्थात ७ लाख ४१ हजार ८९७ कित्ता, भरत बहादुर बस्नेतको १.१४ प्रतिशत अर्थात ५ लाख ६९ हजार २९४ कित्ता र जय राज्य लक्ष्मी शाहको १.११ प्रतिशत अर्थात ५ लाख ५६ हजार ५१० कित्ता सेयर स्वामित्व रहेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सका सिईओले कति तलब खान्छन ?

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सिईओ) लाई वर्षभरि तलवर भत्ता बापत १ करोड २१ लख ७२ हजार ८ सय रुपैयाँ खर्च गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार सिईओलाई तलव रभत्ता संचय कोष तथा अन्य सेवा सुविधा सहित उक्त रकम दिएको उल्लेख गरिएको छ ।

कुन शिर्षकमा कति रकम दिइएको छ भन्ने तथ्यांक भने खुलाइएको छैन । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अहिलेका बीमा क्षेत्रका चर्चित व्यक्तित्व सुरेश प्रसाद खत्री रहेका छन् ।

त्यसैगरी यस बीमा कम्पनीले उक्त आर्थिक वर्षमा संचालक समितिका सदस्यहरुलाई उपसमितिको बैठक भत्ता समेत गरी बैठक भत्ता वापत ४२ लाख ४६ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । त्यस्तै कम्पनीले व्यवस्थापनका अन्य पदाधिकारीहरुलाई तलव र भत्ता वापत १ करोड ३२ लाख २ हजार १८५ रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले यस आर्थिक वर्षमा कर्मचारीको बोनस सहित ४४ करोड ६५ लाख २ हजार ९८४ रुपैयाँ, अन्य व्यवस्थापन खर्च ९३ करोड २१ लाख ६१ हजार ३५३ रूपैयाँ गरी कुल व्यवस्थापन खर्च १ अर्ब ३७ करोड ८६ लाख ६४ हजार ३३७ रुपैयाँ खर्च गरेको छ ।

गत वर्ष जीवन बीमा कम्पनीहरू कसले कति कमाए ?

गत आर्थिक बर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुको खुद नाफा १५.१८ प्रतिशतले वृद्वि भएको छ । जीवन बीमा कम्पनीहरुले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको छ ।

अहिले नेपालमा १४ वटा जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यी कम्पनीहरुले ४ अर्ब ९७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । गत आर्थिक वर्षमा त्यो भन्दा ७५ करोड ५९ लाख ९२ हजार रुपैयाँ बढी अर्थात् ५ अर्ब ७३ करोड ३३ लाख २० हजार रुपैयाँ नाफा कमाएका छन् ।

जीवन बीमा कम्पनीहरुको यो नाफा बीमंकीय मुल्यांकन पछि थप बढ्नेछ । बीमांकीय मुल्यांकनका क्रममा बीमा कोषबाट १० प्रतिशतसम्म रकम नाफा नोक्सान खातामा सार्न सकिन्छ । त्यो भएमा बीमा कम्पनीको नाफा थप बढन सक्ने जीवन बीमा कम्पनीहरु स्रोतले बताएका छन् ।

लगानीबाट भएको आम्दानीमा बृद्धि लगायतका कारण कम्पनीको नाफा बढेको पाइएको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि घटेर आर्थिक मन्दि भएपनि जीवन बीमाको बजार, कारोवार र मुनाफा रकम भने बढेको पाइएको छ।

गत आर्थिक वर्षमा हिमालयन लाइफ इन्स्योरेसले सबै भन्दा धेरै नाफा कमाएको छ । गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्स कम्पनी मिलेर बनेको हिमालयन लाइफ नाफा कमाउने हिसावमा पहिलो नम्बरमा देखिएको छ ।

गत आर्थिक वर्षमा उक्त कम्पनीले ६३ करोड ३८ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा उक्त कम्पनीको नाफा ५२ करोड १२ लाख ९५ हजार रुपैयाँ थियो ।

नाफा कमाउने दोस्रो नम्बरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । गत आर्थिक वर्षमा यस जीवन बीमा कम्पनीले ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, कम्पनीको नाफा भने घटेको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । आईएमई लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ । उक्त कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षमा उक्त कम्पनीको नाफा २० करोड ९९ लाख ८८ हजार रुपैयाँ थियो । यो कम्पनीको नाफा उच्च दरमा बढेको देखिन्छ ।

यस्तै, गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले ५१ करोड ३९ लाख ८२ हजार, मेट लाइफले ५० करोड ४१ लाख ४३ हजार, रिलायवल नेपाल लाइफले ४२ करोड ६३ लाख ५८ हजार र नेशनल लाइफले ४० करोड ६३ लाख ५८ हजार रुपैयाँ नाफा कमाएका छन ।

यसैगरि सुर्य ज्योति लाइफले ३९ करोड ६५ लाख ३७ हजार, प्रभु महालक्ष्मी लाइफले ३६ करोड ६१ लाख ७४ हजार, सानिमा लाइफले ३५ करोड ८ लाख २४ हजार, एशियन लाइफले ३२ करोड ८५ लााख ९१ हजार, सिटीजन्स लाइफले ३२ करोड ४७ लाख ७९ हजार, एलआईसी नेपालले २३ करोड ८५ लाख ६ हजार र राष्ट्रिय जीवन बीमा कम्पनीले १५ करोड ३६ लाख ८६ हजार रूपैयाँ खुद नाफा कमाएका छन ।

prabhu mahalaxmi
kumari