sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेशनल लाइफद्वारा ३२ लाख ४० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको बर्दघाट शाखाले मृत्युदाबी बापत ३२ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

सुनवल नगरपालिका वडा नं १२ निवासी स्व। डिल कुमारी डुम्रेको परिवारलाई मृत्यु दाबी भुक्तानीको रकम दिएको हो । उक्त रकम बराबरको चेक बर्दघाट शाखाका शाखा प्रमुख मोहन भट्टराईले डुम्रेको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

उनको केहि समय अगाडि दुर्घटना निधन भएको थियो । स्व। डिल कुमारीले १५ लाख रुपैयाँको बीमा गरि हालसम्म तेस्रो किस्ता वापत ३ लाख ६१ हजार ३९५ रुपैयाँ भुक्तानी गरेकी थिइन् । उनको निधन पश्चात कम्पनीले बीमाङ्क रकम १५ ला रुपयाँ दुर्घटना बापतको १५ लाख रुपैयाँ र हालसम्मको बोनश २ लाख ४० हजार गरि कुल ३२ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

prabhu bank
nawakantipur long