नेपाल पुनर्बिमा कम्पनीको जेठ १७ गते आठौं वार्षिक साधारण सभा
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको जेठ १७ गते आठौं वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ। यसर्थ, जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
साधारण सभा, अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट्स बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।