stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल पुनर्बिमा कम्पनीको जेठ १७ गते आठौं वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको जेठ १७ गते आठौं वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ। यसर्थ, जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

साधारण सभा, अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट्स बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

 

prabhu mahalaxmi
kumari