stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बजेटमा सेयर लगानीकर्ताको माग, सम्बोधन नभए विरोधमा उत्रिने चेतावनी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका लागि सेयर बजारका लगानीकर्ताहरुले २ बुँदे माग राखेका छन् । शनिबार सेयर बजारका लगानीकर्ताहरुको ८ वटा संगठनले संयुक्त रुपमा करसम्बन्धी २ बुँदे माग सार्वजनिक गरेका हुन् ।

उनीहरुले पुँजीगत लाभकरसम्बन्धी व्यवस्था संशोधन गर्न सरकारसँग माग गरेका छन् । अहिले प्राकृतिक व्यक्तिले सेयर कारोबारबाट प्राप्त आम्दानीमा अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ ।

यसलाई नै अन्तिम कर कट्टी हुने कानुनी व्यवस्था गर्नुपर्ने उनीहरुको मग छ । यसअनुसार नै आयकर ऐनको अनुसूची समेत संशोधन गर्न लगानीकर्ताले माग गरेका छन् ।

उक्त ऐन संशोधन भएमा व्यक्तिगत तवरबाट हुने धितोपत्र कारोबारलाई प्रत्साहन गर्न तथा कर कट्टी र अभिलेखीकरण कार्यलाई सहज बनाउने उनीहरुको भनाइ छ ।

त्यस्तै, अहिको यवस्थाअनुसार अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ७.५ प्रतिशत अग्रिम कर असुल गर्नुपर्नेछ ।

उक्त व्यवस्थालाई अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ३ प्रतिशत कायम गर्न माग गरेका छन् । यसले लगानीकर्ताहरुको मनोवल उच्च हुने र कारोबार रकम बढेर सरकारको राजस्वसमेत बढ्ने उनीहरुको धारणा छ ।

उनीहरुले विगत लामो समयदेखि लगानीकर्ताहरुले उक्त माग राखेको जनाउँदै माग सम्बोधन नभएमा विरोधमा उत्रिने चेतावनी समेत दिएका छन् ।

‘विगत लामो समयदेखि लगानीकर्ताहरुले उठाएका मागहरु सम्बोधन नभएमा र द्विविधायुक्त कर नीति आएमा लगानीकर्ताहरु सशक्त विरोधमा उत्रिने व्यहोरा अवगत गराउँदछौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

शनिबार जारी गरिएको उक्त विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, जनरल इन्भेष्टर्स एसोसिएसनका अध्यक्ष दीका कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष सुशील लुनिया, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जीसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari