citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज जेठ १३ गते आइतबार आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन हो ।

इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस कम्पनीको साधारण सभा जेठ २८ गते बस्ने भएको छ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा, आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

himalayan life insurance
igi long