आइएमई लाइफले एक महिनामै भुक्तानी गर्यो १ करोड २६ लाख बढी दाबी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत महिनामा बीमा दाबी वापत १ करोड १६ रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ।
कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा १ करोड २६ लाख ६३ हजार ५ सय रूपैयाँ दाबी भुक्तानी गरेको हो । चैत महिनामा मात्रै कम्पनीलेले साना ठूला गरी कूल २८ वटा बीमा दाबी फर्छ्यौट गरेको छ।
कम्पनीले ९ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १८ लाख ९१ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ ।
७ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत ८० लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ भने १२ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २७ लाख २२ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ ।