citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा 

इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएका हुन् ।

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । आज चैत ९ गते शुक्रबार शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दैछ । इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारण सभा बोलाएका हुन् ।

इन्स्योरेन्सले लाभांश प्रस्ताव बिना नै साधारण सभा डाकेको हो । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साथै, साधारण सभाले संस्थापक तर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गरिसकेको छ ।

फागुन २४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । फागुन २५ र २६ गते क्रमशः शुक्रबार र शनिबार परेकाले सेयर कारोबार भएको थिएन । शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long